नेपाल । रास्वपाका सभापति रवि लामिछानेले संसद्को मर्यादा कायम गर्ने प्रमुख जिम्मेवारी आफ्नै पार्टीको रहेकोले सांसदहरूलाई थप मर्यादित र जिम्मेवार बन्न आग्रह गरेका छन् ।
बुधबार सभापति लामिछानेले ठूलो राजनीतिक दलमा धेरै सांसदहरू हुँदा कहिलेकाहीँ बोल्ने क्रममा एक–दुई जनाबाट विवादित अभिव्यक्ति आउन सक्ने भए पनि त्यसलाई समग्र पार्टीको धारणाको रूपमा बुझ्न नहुने स्पष्ट पारे ।
पछिल्लो समय संसद्मा पार्टीका सांसदहरूको प्रस्तुति, उठाइएका विषयहरू र सरकारका कामकारबाहीबारे नागरिकस्तरबाट उठेका प्रश्नहरूप्रति लक्षित गर्दै बुधबार उनले सांसदहरूसँग आन्तरिक अन्तरक्रिया तथा छलफल गरिएको जानकारी दिए ।
सरकार, मन्त्रालय तथा मन्त्रीहरूको कार्यशैलीप्रति पार्टीभित्र कुनै असन्तुष्टि भए नभएको विषयमा समेत छलफल भएको र संसद्मा जनसवालका मुद्दाहरूलाई अझ बढी परिपक्व ढङ्गले उठाउन अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गरिने उनले बताए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्