११ श्रावण २०८३, सोमबार

कोलोराडोमा २१३ औँ भानु जयन्ती तथा विशेष सम्मान कार्यक्रम सम्पन्न

कोलोराडोखबर संवाददाता , July 27th, 2026

-नातिबाब भट्ट (कोलोराडो, अमेरीका) । कोलोराडोमा २१३ औँ भानु जयन्तीको अवशरमा विशेष साहित्यिक कार्यक्रम तथा सम्मान कार्यक्रमका साथ सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कोलोराडो शाखाको आयोजनामा यही जुलाई २५ तारिकका दिन २१३ औँ भानु जयन्ती विशेष साहित्यिक कार्यक्रम तथा सम्मान कार्यक्रमका साथ सम्पन्न भएको हो ।

नेपाली साँस्कृतिक केन्द्र नेपाली घरमा आयोजित कार्यक्रम समारोहमा उपस्थित महानुभावहरूबाट आदीकवी भानुभक्तको तश्विरमा फुलगुच्छा अर्पण गर्दै सुरू गरिएको थियो ।

अनेसास कोलोराडो च्याप्टर अध्यक्ष किरण अधिकारीको अध्यक्षता तथा समाजसेवी नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अनेसास केन्द्रिय समितीको वरिष्ठ उपाध्यक्ष तारा अधिकारीले स्वागत मन्तब्य मार्फत कार्यक्रममा उपस्थितहरूलाइ स्वागत गरेकी थिइन् ।

यसैगरी कार्यक्रममा अनेसास ट्रस्टि डा. विजयराज शर्माबाट भानुभक्तले नेपाली भाषा साहित्यमा पुर्याएका योगदानको बारेमा चर्चा गरेका थिए । समारोहमा हालै सम्पन्न अनेसासको केन्द्रिय कार्यसमितीको निर्वाचनमा कोलोराडोबाट निर्वाचित वरिष्ठ उपाध्यक्ष तारा अधिकारी र महासचिव राजु सिटौलाले कार्यक्रमका प्रमुख अतिथी नारायण श्रेष्ठ र अनेसास बोर्ड अफ ट्रस्टी सभापती पदम विश्वकर्माले सम्मान गरेका थिए ।

सोही समारोहमा हालै कोलोराडोमा भव्यताका साथ सम्पन्न भएको नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनलाई सफल बनाउन अमूल्य योगदान पुर्‍याउनुहुने बिभिन्न विषयगत समितीका संयोजक, सहयोगी दाताहरू, स्वयंसेवक, पत्रकार तथा अन्य विभिन्न व्यक्तित्वहरूको योगदानको उच्च कदर गर्दै उनीहरूलाइ खादा पहिर्याइदिइ, कदरपत्र र मायाँको चिनो प्रदानगरी सम्मान गरिएको थियो ।

कार्यक्रममा अनेसासका आजीवन सदस्यहरू, ट्रस्टी सदस्यहरू, सल्लाहकार, पूर्व कार्यसमितिका पदाधिकारीहरू, समाजसेवीहरू, स्थानीय संघ-संस्थाका प्रतिनिधिहरू तथा नेपालीभाषी बुबाआमा,दाजुभाइ दिदीबहिनीहरूको उपस्थिति रहेको थियो । बाल कालाकार प्रियाङ्का श्रेष्ठले शुन्दर नृत्य प्रश्तुत गरेकी थिइन् ।

कार्यक्रममा नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा भएको आम्दानि खर्चको विवरण पढेर सुनाइएको थियो । जसमा ४६ हजार ३ सय ५ आम्दानि भएको र खर्च ५९ हजार ८ सय ९८ डलर भइ १३ हजार ५ सय ९३ डलर घाटा भएको विवरण केन्द्रिय कार्यसमिती वरिष्ठ उपाध्यक्ष तारा अधिकारी पढेर सुनाएकी थिइन् ।

कोलोराडो च्याप्टर सचिव परिवेश शर्मा, केन्द्रिय महासचिव राजु सिटौलाले वरिष्ठ उपाध्यक्ष तारा अधिकारीबाट पालैपालो संचालन गरिएको कार्यक्रममा प्रमुख अतिथी नारायण श्रेष्ठ र बोर्ड अफ ट्रस्टी सभापती पदम विश्वकर्माले कार्यक्रमलाइ संम्बोधन गर्दै भानुभक्तले नेपालमा भाषिक एकता र संस्कृतिक एकता गर्न ठुलो योगदान पुर्याएको भन्दै नेपालमा मात्र नभइ संसारभर सधै सबैले संझिरहने नाम भएको बताएका थिए । त्यसैगरी पदम विश्वकर्माले नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा तन मन र धन दिएर सफल बनाउन सहयोग पुर्याउने सबैलाइ धन्यवाद दिएका थिए ।

कार्यक्रमको अन्तिम सत्रमा साहित्यिक कार्यक्रम राखिएको थियो जहाँ संस्थाका सल्लाहकार रेशम गुरूडले ब्याङ्ग्य कविता, गायक बसन्त लम्सालले गीत, साहित्यकार लेखक तथा निर्माता कृष्ण मुरारी ढुङ्गेल, साहित्यकारहरू ज्ञ्यानेन्द्र काफ्ले, गंगा अभिलाषी, निर्मला शर्मा, परिवेश शर्मा लगायतका कवी कवयत्रीहरूले आ-आफ्नो रचना पाठगरी भानुप्रती श्रद्रा अर्पण गरेका थिए ।

कार्यक्रमको अन्तमा समारोहका सभापती किरण अधिकारीले कार्यक्रममा उपस्थितसबैलाइ धन्यवाद दिदै आफ्नो कार्यकाल अव २,३ महिनामात्र बाँकिरहेको यहि समय भित्रै नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा आयोजना गर्दा भएको घाटा रकम र आफुले कार्यभार संगाल्दा संस्थाको खातामा भएको रकम परिपूर्ति गरेर छोड्ने प्रण गर्दै सभा बिर्सजन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्