२७ असार २०८३, शनिबार

झसापको ३२८ औँ शृङ्खलाः रचना वाचन तथा आधारभूत तहस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

कोलोराडोखबर संवाददाता , July 11th, 2026

नेपाल (मकवानपुर) । झरना साहित्यिक परिवार मकवानपुरले आफ्नो ३२८ औँ शृङ्खलाका अवसरमा भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को व्यवस्थापनमा रचना वाचन तथा आधारभूत तहस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ ।

यस कार्यक्रममा समीर पाख्रिन, रमेशमोहन अधिकारी, भरतप्रसाद पोखरेल, सावित्री अधिकारीलगायतले कविता तथा मुक्तक वाचन गरेका थिए ।

चित्रकला प्रतियोगितामा सहभागी ५३ जना प्रतियोगीमध्ये कक्षा ४–५ तर्फ ‘हाम्रो हेटौँडा’ शीर्षकमा सोनाक्षीकुमारी साह, अनमोल बानियाँ तथा अञ्जलि ठाकुर क्रमशः प्रथम, द्वितीय तथा तृतीय भएका थिए भने कक्षा ६–८ तर्फ ‘दस वर्षपछिको हाम्रो हेटौँडा शीर्षकमा श्वेता साह, सुशान्त राजथला तथा ऋतु पण्डित क्रमशः प्रथम, द्वितीय तथा तृतीय भएका थिए ।

कार्यक्रममा सहायक प्रधानाध्यापक वेदराज कोइराला तथा इसिए संयोजक सुमन श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन अमृता लामिछानेले तथा सभाध्यक्षता झसापका उपाध्यक्ष कृष्ण घतानीले गरेका थिए भने प्रमुख आतिथ्य व्यवस्थापक विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्