१७ असार २०८३, बुधबार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

कोलोराडोखबर संवाददाता , July 1st, 2026

नेपाल । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

गत मध्यरातिदेखि पेट्रोलमा प्रतिलिटर २० रूपैयाँ, डिजेलमा ३० रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले बुधबार राति १२ः०१ बजेदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको जनाएको हो ।

 

प्रतिक्रिया दिनुहोस्