६ असार २०८३, शनिबार

मन्त्रिपरिषद् बैठकले गर्यो यस्ता ६ निर्णय

कोलोराडोखबर संवाददाता , June 20th, 2026

नेपाल । मन्त्रिपरिषद् बैठकले विभिन्न कानून संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण विधेयक तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेको हो ।

बैठकले बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवेक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका स्वीकृत गर्ने निर्णय गरेको पनि गरेको छ। त्यसबाहेक राष्ट्रिय सेवा दल कानुन संशोधन विधेयक संसदमा पेश गर्न स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए।

साथै सहकारी ऐन, सार्वजनिक खरिद ऐन, सम्पत्ति शुद्धीकरण मनि लाउण्डरिङ संशोधन विधेयक र स्वास्थ्यसँग सम्बन्धित विधेयक स्वीकृत गर्ने निर्णय गरेको छ।

बैठकले नेपाल विशेष सेवा ऐन २०४२ को साविकको ऐन जगाउन स्वीकृत गर्ने र धितोपत्र बोर्डको अध्यक्षमा गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्