नेपाल । मंगलबारको कार्यसम्पादन समितिको बैठकबाट नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
बैठकले इलाम र बझाङको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ । कांग्रेसले आगामी बैशाखमा हुने उपनिर्वाचनमै एक्लै चुनाव लड्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्