१८ कार्तिक २०८१, आईतवार

तीन मुक्तक प्रेमका

कोलोराडोखबर संवाददाता , March 2nd, 2024
–ज्ञानेन्द्र गदाल–
१.
प्राप्ति होइन प्रेम यो, समर्पण मात्रको खेल हो
सुरम्य प्रकृति भित्र, शीतल बतासको मेल हो
खुशी दिएर खुशी हुने, आनन्द जो मनाउने
अनन्तसम्म बगिरहने, अमृतधाराको भेल हो ।
***
२.
वियोगको गीत गाउन पनि, सिकाउँछ प्रेमले
मिलनको प्रित लाउन पनि, सिकाउँछ प्रेमले
होशमा खाए गुलियो पनि, मीठो नै हुन्छ हेर
बेहोशीमा त बर्बराउन पनि, सिकाउँछ प्रेमले ।
***
३.
प्रेममा फस्नु हुँदैन, फसाउनु पनि हुँदैन
प्रेममा डस्नु हुँदैन, डसाउनु पनि हुँदैन
नाटक चल्छ आजकल जताततै प्रेमको
पात्र बनेर दुनियाँ, हँसाउनु पनि हुँदैन ।
***
–कोलोराडो, अमेरिका ।

प्रतिक्रिया दिनुहोस्