१९ कार्तिक २०८१, सोमबार

सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न पाउने

कोलोराडोखबर संवाददाता , February 23rd, 2024

नेपाल । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन् ।

बिहीबार उच्च अदालत पाटनले उनलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउने अनुमति दिएसँगै जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका हुन् ।

बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद सजाय तोकेकोमा उनले त्यसविरुद्ध बिहीबार उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्