११ चैत्र २०८१, सोमबार

बुधबार मध्यराती कपिलवस्तुको शिवराजमा बस दुर्घटना, १० जनाको मृत्यु

कोलोराडोखबर संवाददाता , February 15th, 2024

नेपाल । पाल्पाको तिनाउमा जीप दुर्घटना भएको भालिपल्ट कपिलवस्तुको शिवराज नगरपालिका अर्को भयङ्कर दुर्घटना भएको छ ।

मंगलबार साँझ पाल्पामा दुर्घटना हुँदा १० जनाको मृत्यु र १७ जना घाइते भएका थिए भने बुधबार मध्य राती सुरही पुलनजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । कम्तीमा ३० जना घाइते भएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुनौलो महाकाली यातायातको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २०० मिटर तल खसेको हो ।

घाइतेमध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्