३ आश्विन २०८१, बिहीबार

काँग्रेसका कृष्ण सिटौलासहित १९ जना राष्ट्रिय सभामा निर्वाचित

कोलोराडोखबर संवाददाता , January 26th, 2024

नेपाल । शुक्रबार भएको निर्वाचनमा राष्ट्रिय सभामा कांग्रेसले १०, माओवादीले ५, नेकपा एसले २ र एमाले तथा जसपाले एक–एक सीट जितेका छन् ।

कोशीमा एमाले–राप्रपा गठबन्धन एक सीट जित्न सफल भएको छ । गठबन्धनबाट फ्लोर क्रस भएपछि एमालेकी रुक्मिणी कोइरालाले अनपेक्षित जीत हात पारिन् । उनले सत्ता गठबन्धनतर्फ माओवादीकी उम्मेदवार चम्पादेवी कार्कीलाई पराजित गरिन् ।

त्यस्तै कांग्रेसबाट कृष्णप्रसाद सिटौला, आनन्द ढुङ्गाना, जीतजंग बस्नेत, विष्णुकुमारी पुडासैनी, किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाया, बलदेव बोहरा र नारायणदत्त भट्ट राष्ट्रियसभामा निर्वाचित भए ।

माओवादीबाट श्रीकृष्ण अधिकारी, मनरूपा शर्मा, झक्कु सुवेदी, विष्णु विश्वकर्मा र रेणु चन्द राष्ट्रियसभामा आएका छन् ।

नेकपा एकीकृत समाजवादीबाट घनश्याम रिजाल विश्वकर्मा र सावित्री मल्ल, जसपाबाट पूजा चौधरी निर्वाचित भएर राष्ट्रियसभामा आएका छन् ।

कांग्रेसका पूर्वमहामन्त्री सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बनाउने चर्चा छ । सिटौला काँग्रेसका पूर्वमहामन्त्री तथा पूर्वगृहमन्त्री पनि हुन् ।

आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका २० सांसदको पदावधि सकिँदैछ । पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने कानूनी व्यवस्थाअनुसार २० मध्ये १९ सीटमा निर्वाचित भएका छन् । १ जना राष्ट्रपतिबाट मनोनित हुने छन् ।

प्रतिक्रिया दिनुहोस्