नेपाल । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले विहीबार रक्षा मन्त्रालयमा देशको समग्र शान्ति सुरक्षा स्थितिबारे छलफल गरेका छन् ।
उक्त छलफलमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, निमित्त रक्षा सचिव, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक सहभागी थिए ।
छलफलमा कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री खड्कालाई सुरक्षा निकायका प्रमुखले आसन्न माघ ११ गतेको राष्ट्रियसभा चुनावको सुरक्षा तयारी र देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे ब्रिफिङ गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्