नेपाल । मेलम्ची आयोजनाबाट काठमाडौं उपत्यकामा पानी वितरण कार्यको सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले पाँचौं पटक उद्घाटन गरेपछि चौतर्फी आलोचना भएको छ ।
नेताहरुको उद्घाटन मोह प्रति सामाजिक सञ्जालहरुमा चर्को आलोचना भएको हो ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब बाह्रै महिना मेलम्ची खानेपानी ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । मेलम्ची खानेपानी पुनः वितरण शुभारम्भ कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।
कहिले को बाट उद्घाटनः
१. २०७७ फागुन तत्कालिन प्रम केपी ओली
२. २०७७ चैत्र तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारी
३. २०७९ वैशाख तत्कालिन खानेपानीमन्त्री उमाकान्त चौधरी
४. २०७९ मंसिर तत्कालिन खानेपानीमन्त्री उमाकान्त चौधरी
५. २०८० माघ १० प्रम पुष्पकमल दाहाल
प्रतिक्रिया दिनुहोस्