नेपाल । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट शुक्रबार विभिन्न क्षेत्रका व्यक्तित्व पुरस्कृत हुनुुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली व्यक्तिलाई पुरस्कार दिने घोषणा गरेको थियो ।
प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य तथा उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्मान प्रदान गर्नुभएको हो ।
पुरस्कृत हुनेहरुमा टेलिमेडिसिनतर्फ डा छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा विराजसिंह थापा (मोरङ), कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ (गोरखा), विज्ञान प्रविधितर्फ डा आभास मास्के (काठमाण्डौ) र हरिराम श्रेष्ठ (गोरखा) हुनुहुन्छ ।
यस्तै चिकित्सा क्षेत्रतर्फ डा. ओममूर्ति अनिल (महोत्तरी), खेलकुदतर्फ सावित्रा भण्डारी ‘साम्बा’ (लमजुङ), सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी (भक्तपुर), समाजसेवातर्फ दिलशोभा श्रेष्ठ (काठमाण्डौ) र रामजी अधिकारी (गोरखा) पुरस्कृत हुनुुभएको छ ।
प्रतिक्रिया दिनुहोस्