२४ कार्तिक २०८३, मंगलवार

नेपालका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना

कोलोराडोखबर संवाददाता , March 4th, 2025

नेपाल । नेपालका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । शाह आइतबार बेलुकी काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन् ।

अस्पताल स्रोतले पारस आइतबार साँझ अस्पताल भर्ना भएको र अहिले उपचार जारी रहेको जानकारी दिएको छ । पारसलाई मुटुसम्बन्धी समस्या देखिएको बुझिएको छ ।

पारसलाई यसअघि विभिन्न समयमा गरी यसअघि तीन पटक हृदयाघात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्