१ फाल्गुन २०८१, बिहीबार

पैसाको थुप्रोसँगै फेला परे रामबहादुर बम्जन, हत्या, अपहरण र बलात्कारजस्ता आरोप

कोलोराडोखबर संवाददाता , January 11th, 2024

नेपाल । नेपाल प्रहरीको अनुसन्धान ब्यूरो (सीआईबी) ले लिटिल बुद्धको दाबी गर्दै आएका रामबहादुर बम्जनलाई बुधबार सार्वजनिक गरेको छ ।

हत्या, अपहरण र बलात्कारजस्ता आरोपमा लामो समयदेखि प्रहरीले खोजी गरिरहेका उनी मंगलवार बुढानिलकण्ठस्थित निवासबाटै पक्राउ परेका थिए ।

उनको घरबाट ३ करोड ३ लाख ७५ हजार रुपैयाँ बरामद भएको पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो । केही मात्रामा विदेशी मुद्रा पनि बरामद भएको थियो । १५ वटा मोबाइल, ल्यापटप र ३० भन्दा बढी पेन ड्राइभ पनि बरामद भएको छ ।

बारा रतनपुरीका १६ वर्षीय रामबहादुर बम्जन २०६३ सालमा एक दिन सुटुक्क घर छाडेर हिँडेका थिए । रतनपुरी नजिकको जंगलमा एउटा रूखमुनि ध्यान गरिरहेको अवस्थामा भेटिएका उनले आफूलाई तपस्वी घोषणा गरे । त्यतिबेला उनको निकै चर्चा भयो । त्यसपछि विभिन्न स्थानमा तपस्था गरिरहेका भेटिए । समय क्रममा उनी विवादित घटनाहरुसँग जोडिए र प्रहरीको आँखा छलेर फरार रहँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्