१७ बैशाख २०८३, बिहीबार

प्रकृति लम्सालको मृत्यु प्रकरणपछि १ सय २६ जना विद्यार्थी नेपाल फर्किए

कोलोराडोखबर संवाददाता , February 20th, 2025

नेपाल । भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआइटी) मा अध्ययरत १ सय २६ जना विद्यार्थी रक्सौल नाका र जोगबनी हुँदै ७५ विद्यार्थी नेपाल फर्किएका छन् ।

केआईआइटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएसँगै नेपाली विद्यार्थीहरु असुरक्षाका कारण देखाउँदै स्वदेश फर्किएका हुन् । जिल्ला प्रशासन कार्यालय पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले बुधबार १ सय तीन छात्र र २३ छात्रा फर्किएको जानकारी दिए ।

निमित्त प्रजिअ गौतमले फर्किएका विद्यार्थीले केआईआइटीका प्रशासनले धम्की र मानसिक यातना दिएको गुनासो गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्