३१ भाद्र २०८१, सोमबार

म्यानपावर कम्पनीमार्फत युरोप जाने बाटो खुला

कोलोराडोखबर संवाददाता , January 8th, 2024

नेपाल । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युरोपमा संस्थागत (म्यानपावर कम्पनीमार्फत) कामदार पठाउने कानुनी बाटो खुला गरेको छ ।

मन्त्रालयले ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृत गर्ने कार्यविधि २०८०’ जारी गरे पछि संस्थागत माग पत्र प्रमाणीकरण प्रक्रियाको बाटो खुलेको हो ।

कार्यविधिमा संस्थागत माग पत्र पेस भएको १५ दिनभित्र दूतावासले प्रमाणीकरण नगरेमा सिधै श्रम मन्त्रालयले हेर्ने व्यवस्था गरिएको छ ।

युरोप हेर्ने नेपाली दूतावासहरूले संस्थागत रूपमा मागपत्र प्रमाणीकरण गर्न पर्याप्त स्रोत, साधन र जनशक्ति नरहेको भन्दै गत जेठदेखि प्रमाणीकरण रोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्