नेपाल । कालीकोटको पलाँता गाउँपालिका–३ राडूनेटामा भएको जिप दुर्घटनाका मृतक ६ जनाको सनाखत भएको छ भने ७ जना घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट सुर्खेत ल्याइएको छ।
नेपाली सेनाको हेलिकप्टरबाट घाइते ७ जनालाई सुर्खेतस्थित प्रदेश अस्पताल ल्याइएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव सूर्यमणि गौतमले जानकारी दिए । अन्य घाइतेलाई अस्पतालमा छिटोभन्दा छिटो ल्याउन हेलिकप्टर फेरि पठाइएको जानकारी उनले दिए ।
मृतकहरुमा पलाँता गाउँपालिका(५ का पदम वम, छाया शाही, वडा नम्बर ३ की दमन रोकाय, वडा नम्बर ६ की कुशलकला शाही, भगवती रोकाय र गणेश शाही रहेको पुष्टि भएको छ ।
कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप कालीकोटको पलाँता–३ राडूनेटामा दुर्घटना भएको हो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्