१० श्रावण २०८३, आईतवार

हिटलरी शैली परित्याग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई माधव नेपालको आग्रह

कोलोराडोखबर संवाददाता , October 23rd, 2024

नेपाल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अन्य पार्टीलाई टुक्र्याउने गरी अध्यादेश नल्याउन चेतावनी दिनु भएको छ ।

उहाँले अरूलाई सिध्याउने उद्देश्यले दल विभाजन सम्बन्धि अध्यादेश ल्याउन लागेको सुनेको बताउँदै सरकारलाई अन्य पार्टीलाई टुक्र्याउने गरी अध्यादेश नल्याउन आग्रह गर्नुभयो।

सोमबार नेकपा (एकीकृत समाजवादी) को लुम्बिनी प्रदेश स्तरीय विस्तारित बैठकलाई कपिलवस्तुमा सम्बोधन गर्दै अध्यक्ष नेपालले हिटलरी शैलीलाई परित्याग गर्न घुराउरो शैलीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्