नेपाल । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्माृ ओली फर्किउ लगत्तै सोमबार दिउँसो ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्री ओली सोमबार दिउँसो चार बजे नेपाल आइपुग्ने कार्यक्रम छ । त्यसको एक घण्टा पछि प्रधानमन्त्री ओलीले ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले बाढी पहिरोको क्षतिका बारेमा मन्त्रिहरुसँग जानकारी लिनेछन् । सरकारले बाढी पहिरोबाट मृत्यु भएका परिवार र घाइतेलाई राहत उपलब्ध गराउने बारे महत्वपूर्ण निर्णय गर्नेछ ।
ओली गत असोज चार गते संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली न्युयोर्क गएका थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्