अमेरिका । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकामा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भेटवार्ता शुरु भएको छ ।
संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री ओली शनिबारदेखि महत्वपूर्ण भेटघाट र कार्यक्रममा सहभागी भएका छन् ।
शनिबार दिउँसो स्थानीय समय अनुसार सवा ३ बजे संयुक्त राष्ट्रसंघ भवनमा महासचिव एन्टेनियो गुटेर्रेससँग प्रधानमन्त्री ओलीको भेटवार्ता भएको छ । यस्तै स्थानीय समय अनुसार दिउँसो १ बजे ग्यास हाउस अन पार्कमा आयोजित संसदीय मञ्चको कार्यक्रमलाई सम्बोधन गरे । यस्तै संयुक्त राष्ट्रसंघका उपमहासचिव रहब फातिमासँग प्रधानमन्त्री ओलीको भेटवार्ता भएको छ ।
यसैबीच शनिबार साँझ नै राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले प्रधानमन्त्री ओली र भ्रमण दलमा सहभागी सदस्यका लागि स्वागत समारोहको आयोजना गर्यो ।
प्रधानमन्त्री ओलीलाई परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, नियोगका प्रतिनिधि थापा, शिष्टाचार महापाल विष्णुप्रसाद गौतमलगायतले राष्ट्रसंघका महासभाका विभिन्न सत्र र नेपालको भूमिकाबारे अवगत गराएका थिए ।
प्रधानमन्त्री ओलीले राष्ट्रसंघको महासभालाई असोज १० मा सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कने कार्यतालिका छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्