५ चैत्र २०८२, बिहीबार

हेटौंडामा पर्यटन मन्त्रीको निवासमा आगलागी

कोलोराडोखबर संवाददाता , August 26th, 2024

नेपाल (हेटौंडा) । हेटौंडामा मन्त्रीको निवासमा आगलागी भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ लामसुरे स्थित संस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीको निवासमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवापुरले जनाएको छ ।

मन्त्री निवासको माथिल्लो तलाको सभाहलमा बिजुलिको तार सट भई अचानक आगोलागी भएको हो । आइतबार राती भएको आगलागीबाट मानबीय क्षती नभएको, आगो दमकल, नेपाल प्रहरीको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

आगोलागीबाट इन्भर्टरको चार थान व्याट्री, इन्भर्टरको पावर सप्लाई बक्स १ थान, इन्टरनेट राउटर १ थान, कार्पेट र गलैचा, जिप्सन बोर्डमा क्षति भएको प्रहरीले जनाएको छ । बारुणयन्त्रको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्