नेपाल । बिहीबार भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिएको छ । उक्त ठक्करसँगै स्थिति तनावग्रस्त बनेको छ ।
उक्त घटनापछि धेरैबेर सवारी आवागमन ठप्प भएको थियो । स्थानीयको भीडलाई नियन्त्रणमा लिन २२ राउण्ड अश्रुग्यास पनि प्रहार गरिएको थियो ।
गठ्ठाघर चोकमा ट्राफिक चेकजाँचको क्रममा रोकिएको स्कुटरलाई तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएर घिसारेको थियो ।
ना ३ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो ।
ट्रक चालक सर्लाही मलंगवा नगरपालिका २ घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको छ ।
शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्