४ मंसिर २०८३, शुक्रबार

कवि पार्वती पुडासैनीको कविताकृति ‘मान्छे र मान्छेहरू’ प्रकाशित

कोलोराडोखबर संवाददाता , November 20th, 2026

नेपाल । कवि पार्वती पुडासैनीको कविताकृति ‘मान्छे र मान्छेहरू’ प्रकाशनमा आएको छ । नेपाली साहित्यमा बितेको ३५ वर्षदेखि सक्रिय सर्जक पुडासैनीको यो दोस्रो कविताकृति हो । यस कृतिमा ११६ वटा कविता समावेश छ ।

यसभित्रका कविताहरूले समकालीन समयको यथार्थ चित्रण गर्दै समाज, मानवीय सम्बन्ध र जीवनलाई अघि बढाउने सम्भावित बाटाको खोजी गरिएको छ ।

कविताकृतिका सम्बन्धमा समालोचक डा। अनुपमा रेग्मीले कवि पुडासैनीका कविताहरूमा संघर्षशील जीवनको चित्रण भएको बताएकी छन् ।

कवि भीष्म उप्रेतीले संग्रहका कविताहरूमा जीवनका विविध अनुभूति र संवेदनाहरू सुन्दर ढंगमा अभिव्यक्त भएको बताएका छन् ।

कृति भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्