२ मंसिर २०८३, बुधबार

पाँचखालस्थित ह्वाइट पार्क रिसोर्टमा छापा मारी ३६ जना चिनियाँ नागरिक पक्राउ

कोलोराडोखबर संवाददाता , November 18th, 2026

नेपाल । शंकास्पद गतिविधि गरेको आशंकामा काभ्रेको पाँचखालस्थित ह्वाइट पार्क रिसोर्टमा प्रहरीले मंगलबार छापा मारी ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

स्थानीएको विशेष सूचनाका आधारमा काभ्रे प्रशासन र प्रहरीको संयुक्त टोलीले छापा मारेको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रबिन विष्टले सो क्रममा केही थान ल्यापटप र मोबाइलसहित उनीहरूलाई नियन्त्रणमा लिइ अनुसन्धान थालिएको जानकारी दिए।

त्यहाँ दुईवटा कोठा थप शंकास्पद देखिएपछि सिआइबीको टोलीलाई समेत अनुसन्धानका लागि झिकाइएको छ।

प्रतिक्रिया दिनुहोस्