नेपाल । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रहरीको नियन्त्रणबाट छुटेका छन् ।
शनिबार रातिदेखि प्रहरीको नियन्त्रणमा रहेका जबरा आइतबार दिउँसो टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयबाट रिहा भएका हुन् ।
प्रहरीले उनलाई पक्राउ नगरेर सुरक्षाको लागि आफ्नो कार्यालयमा ल्याएको दावी गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई महाराजगञ्जस्थित घरबाट नियन्त्रणमा लिएको थियो ।
जेन्सीहरुबाट सुरक्षा चुनौती भएपछि पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ । अब निवासमै सुरक्षा दिने भनिएको छ । यो घटनाले नेपाली राजनीतिक वृतमा तरंग सिर्जना भएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्