७ आश्विन २०८३, बुधबार

नेपालमा असोज ९ देखि ११ सम्म हावाहुरीसहित भारी वर्षाको सम्भावना

कोलोराडोखबर संवाददाता , September 23rd, 2026

नेपाल । नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आउँदो असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका अधिकांश भूभागमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

महाशाखाले जारी गरेको विशेष मौसम बुलेटिन अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ्ग हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अप्नाउन आग्रह गरेको छ ।

यसैगरी, मधेस प्रदेश, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ्ग हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ । साथै उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल मध्यपूर्व बङ्गालको खाडीमा रहेको र उत्तः प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिम दिसातिर सर्ने देखिन्छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्