४ आश्विन २०८३, आईतवार

एनआरएनको मानवीय सहयोग अभियान जारी, ५ करोडभन्दा बढी सहयोग

कोलोराडोखबर संवाददाता , September 20th, 2026

नेपाल । भोटेकोशी हिमबाढीका कारण रसुवा र नुवाकोटमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सञ्चालित राहत एवं मानवीय सहयोग अभियान अन्तर्गतका गतिविधि जारी रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ ।

विपद् प्रभावित क्षेत्रको स्वास्थ्य सेवालाई थप टेवा दिन एनआरएनएको तर्फबाट रसुवा र नुवाकोटमा विभिन्न चरणमा गरी हालसम्म १० वटा निःशुल्क शिविर सञ्चालन गरिएको छ । जसबाट करिब ७ सयलाई सेवा प्रदान गरिसकिएको एनआरएनएले जनाएको छ ।

भोटेकोशी बाढी प्रभावितका लागि पूर्वप्रतिबद्धता अनुसारको सहयोग रकम प्राप्त हुने क्रम जारी रहेको छ। पदाधिकारी, विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) तथा विदेशमा विभिन्न संघसंस्था र नेपालीको व्यक्तिगत तर्फबाट ५ करोडभन्दा बढी रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको एनआरएनएले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्