३ आश्विन २०८३, शनिबार

नेपालमा एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स

कोलोराडोखबर संवाददाता , September 19th, 2026

नेपाल । चालू आव २०८३–०८४ को पहिलो महिना अर्थात साउनमा नेपालमा दुई खर्ब १५ अर्ब पाँच करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.२ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको साउनमा एक खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । त्यस्तै, गत आर्थिक वर्षभरि नेपालमा कुल २३ खर्ब ६३ अर्ब रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलरमा भने साउनमा रेमिट्यान्स आप्रवाह १०.२ प्रतिशतले बढेर एक अर्ब ४० करोड डलर पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २५ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्