१ आश्विन २०८३, बिहीबार

नवसर्जक मासिक शृङ्खला अन्तर्गत बाढीपीडितप्रति श्रद्धाञ्जली एवम् रचनावाचन कार्यक्रम सम्पन्न

कोलोराडोखबर संवाददाता , September 17th, 2026

नेपाल । नवसर्जक साहित्य चौतारी नेपाल, केन्द्रीय समितिद्वारा आयोजित ‘नवसर्जक मासिक शृङ्खला–४६’ अन्तर्गत भोटेकोशी बाढीपीडितप्रति श्रद्धाञ्जली, समवेदना एवम् रचनावाचन कार्यक्रम सम्पन्न भएको छ।

नवसर्जक साहित्य चौतारी नेपाल द्वारा आयोजित मासिक साहित्यिक कार्यक्रमको ४६औं शृङ्खला भोटेकोशी बाढीमा परी ज्यान गुमाउनुहुने तथा क्षतिग्रस्त हुनुहुने पीडितहरूप्रति श्रद्धाञ्जली र समवेदना व्यक्त गर्दै गुगल मिटमार्फत भव्यताका साथ सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता संस्थाकी केन्द्रीय अध्यक्ष कृतिका लौडारीले गर्नुभएको थियो। कार्यक्रममा अतिथिका रूपमा नवसर्जक साहित्य चौतारी नेपालका संरक्षक एवम् परिकल्पनाकार दीपक गौतम, सल्लाहकार डीबी बर्तौला तथा नविन दर्लामी मगरको उपस्थिति रहेको थियो।

कार्यक्रमका अतिथिहरूले भोटेकोशी बाढीपीडितहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै साहित्यको माध्यमबाट समाजलाई जोड्ने र पीडामा उभिने सन्देश दिनुभएको थियो।

रचनावाचन क्रममा सुरक्षा गौतम, प्रतिमा पौडेल, सुशील आचार्य, शून्य नयन र अध्यक्ष कृतिका लौडारी लगायतका सर्जकहरूले आ–आफ्ना स्वरचित कविता वाचन गर्नुभएको थियो। प्रस्तुत रचनाहरूमा बाढीपीडितप्रतिको संवेदना र मानवीय पीडाका साथसाथै जलवायु न्याय ९क्लाइमेट जस्टिस० को विषयलाई पनि मार्मिक ढंगले उठाइएको थियो, जसमा जलवायु परिवर्तनका कारण सिर्जित प्राकृतिक प्रकोप र त्यसको जोखिम बेहोर्नुपर्ने सीमान्तकृत समुदायको पीडालाई सर्जकहरूले आफ्ना कविताहरूमार्फत उजागर गर्नुभएको थियो।

कार्यक्रममा अभिनव वात्स्यायन र प्रविना प्रयासी लगायतका साहित्यप्रेमीहरूको समेत सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्