नेपाल । बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना (२१६ मेगावाट) को अडिट–४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ ।
नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले संयुक्त रूपमा शनिबार टनेलभित्र फसेका ती चिनियाँ नागरिकलाई सकुशल उद्धार गरेको हो ।
बाढी गएको ११औँ दिनमा टनेलबाट चिनियाँ नागरिकको उद्धार भएको हो । लामो समयसम्म टनेलभित्र फसेका व्यक्तिको उद्धार सफल भएपछि उद्धार टोलीले महत्वपूर्ण सफलता हासिल गरेको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्