नेपाल । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ।
नीतिगत निर्णय गर्ने तत्कालीन दुई प्रधानमन्त्रीलाई प्रतिवादी बनाएर अनुसन्धान गर्नुपर्ने माग गर्दै सात वर्ष पहिले २०७६ सालमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गरेका थिए।
मन्त्रिपरिषद्को निर्णयको आडमा उन्मुक्ति दिएर पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई मुद्दा नचलाइएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने सर्वोच्च अदालत गएका हुन्।
यसैमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको पूर्ण इजलासले बिहीबार उनीहरूसँग लिखित जवाफ माग गर्ने आदेश दिएको हो।
सर्वोच्चले दुवै जनाको नाममा आदेश जारी गर्दै मुद्दा चलाउन नपर्ने भए जवाफ पेश गर्न भनेको छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्