२९ श्रावण २०८३, शुक्रबार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा

कोलोराडोखबर संवाददाता , August 14th, 2026

नेपाल । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् ।

बिहीबार अपराह्न बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजीनामा दिएका हुन्। प्रदेश सभामा सम्बोधन गरेपछि उनले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका छन् ।

प्रदेश सभामा विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्री उनले राजीनामा दिएका हुन् ।

गत असार ३१ गते नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको थियो। संविधानअनुसार विश्वासको मत लिनुपर्ने ३० दिनको समयसीमा पनि बिहीबार नै पूरा भएको छ।

प्रतिक्रिया दिनुहोस्