२३ श्रावण २०८३, शनिबार

तीनवटै प्रज्ञा प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त, क-कसले पाए नियुक्ति ?

कोलोराडोखबर संवाददाता , August 8th, 2026

नेपाल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसबमोजिम प्रधानमन्त्रीले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त गर्नुभएको छ।

मन्त्रालयका अनुसार मिति २०८३ साउन १९ गतेको निर्णयअनुसार तीनवटै प्रज्ञा प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्य–सचिव र परिषद् सदस्य मनोनयन गरिएको हो।

नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सिन्धुलीका कुमार नगरकोटी, उपकुलपतिमा पर्वतका अविनाश श्रेष्ठ र सदस्य–सचिवमा रूपन्देहीका रोशन शेरचन नियुक्त हुनुभएको छ।

यसै गरी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा ललितपुरकी एरिणा ताम्राकार, उपकुलपतिमा ललितपुरकै चन्द्र श्याम डङ्गोल र सदस्य–सचिवमा दोलखाका कैलाश कुमार श्रेष्ठ मनोनित हुनुभएको छ।

त्यस्तै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा काठमाडौँका ब्रजेश खनाल, उपकुलपतिमा ताप्लेजुङकी झुमा लिम्बू वनेम र सदस्य–सचिवमा मोरङका भुपेन्द्र सिंह रायमाझी नियुक्त हुनुभएको छ।

प्रतिक्रिया दिनुहोस्