११ श्रावण २०८३, सोमबार

साउन महिनाको दोस्रो सोमबार भगवान् शिवको पूजा आराधना गरिँदै

कोलोराडोखबर संवाददाता , July 27th, 2026

नेपाल । ११ गते साउन महिनाको दोस्रो सोमबार भगवान् शिवको पूजा आराधना गरिँदैछ । हिन्दू धर्मावलम्बीहरुका लागि वर्षकै पवित्र दिनको रूपमा लिइने दोस्रो साउने सोमबारमा शिवको पूजा आराधना गर्ने गर्दछन् ।

शिवालयहरूमा भक्तजनको भीड रहेको छ । साउन महिनाको सोमबार भगवान् शिवको विशेष पूजा आराधना गर्ने परम्परा छ ।

यस दिन नदी तथा तलाउमा गई स्नान गर्ने र शिवलिङ्ग तथा शिव मन्दिरमा जल तथा बेलपत्र चढाउने प्रचलन छ ।

साउन महिनाको सोमबार शिवको व्रत तथा पूजा गर्दा विशेष फलदायी हुने धार्मिक विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्