२६ असार २०८३, शुक्रबार

काँग्रेसले अबदेखि कतै पनि भागबन्डा नगर्ने र भाग नखोज्ने

कोलोराडोखबर संवाददाता , July 10th, 2026

नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संवैधानिक निकाय तथा राज्यका विभिन्न तहका नियुक्तिहरूमा राजनीतिक भागबन्डा गर्ने परम्पराको अन्त्य भएको बताउनुभएको छ ।

बिहीबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित ‘संविधान संशोधनमा नेपाली काँग्रेसको दृष्टिकोण’ विषयक विचार गोष्ठीमा बोल्दै सभापति थापाले काँग्रेसले अबदेखि कतै पनि भागबन्डा नगर्ने र भाग नखोज्ने स्पष्ट पार्नुभयो ।

सभापति थापाले संवैधानिक निकायमा भागबन्डा भन्दा पनि कार्यक्षमता र पारदर्शिताका आधारमा ‘शुद्धता’ हुनुपर्नेमा जोड दिनुभयो । उहाँले संवैधानिक परिषद्को विद्यमान संरचना र नियुक्ति प्रक्रियामाथि पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

न्यायाधीश नियुक्ति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायमा हुने नियुक्तिका सन्दर्भमा अब नयाँ ढङ्गले छलफल हुनुपर्ने उहाँको तर्क छ ।

उहाँले संविधान संशोधनको सन्दर्भमा काँग्रेसले आफ्नो स्पष्ट दृष्टिकोण बनाउँदै गर्दा यस्ता संरचनागत सुधारका विषयलाई प्राथमिकता दिने समेत सङ्केत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्