नेपाल । गृहमन्त्री सुधन गुरुङले नेपालको पूर्वी नाकाको अवस्थाका विषयमा अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
सोमबार पूर्वी नाका पुगेर उहाँले भन्सार कार्यालयलगायत सुरक्षा संयन्त्रको ‘ग्राउन्ड टेस्ट’ गर्नुभएको हो । गृहमन्त्री गुरुङले मेची पुल तथा दशगजा क्षेत्रमा अनुगमन गर्दै यसलाई व्यवस्थित गर्न आवश्यक कदम चालिने बताउनुभयो ।
आइतबार झापा आउनुभएका उहाँले सोमबार नेपालको पूर्वी नाका मेचीनगरको काँकडभिट्टा, मेची पुल, इँटाभट्टा–जोरसिमललगायत सीमावर्ती क्षेत्रको स्थलगत निरीक्षण गर्नुभयो ।
अनुगमनकै क्रममा मेचीनगर–७ को जोरसिमलस्थित अस्थायी सशस्त्र प्रहरीको चेकपोस्ट तत्काल हटाउन गृहमन्त्री गुरुङले निर्देशन दिनुभएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्