नेपाल । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका समसामयिक र जनसरोकारका प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन (रुलिङ) गरेका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका गम्भीर विषयहरूमा सरकारलाई जवाफदेही बन्न निर्देशन दिएका हुन् । सांसदहरूले सदनमार्फत विभिन्न समयमा सरकारलाई समसामयिक विषयमा सचेत गराउँदै आएको सन्दर्भलाई जोड्दै सभामुखले यस्तो रुलिङ गरेका हुन् ।
यसका साथै सभामुख अर्यालले सम्भावित प्राकृतिक विपद् व्यवस्थापनको पूर्वतयारीबारे सदनलाई जानकारी गराउन पनि सरकारको ध्यानाकर्षण गराएका छन्। मनसुनजन्य जोखिम बढेसँगै हुनसक्ने क्षति न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारी र भावी योजनाबारे संसद्लाई तत्काल अवगत गराउनुपर्नेमा उनले जोड दिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्