२१ असार २०८३, आईतवार

प्रहरी कार्यालयका जीर्ण भवन तथा कमजोर भौतिक पूर्वाधारको सुधार सरकारको प्राथमिकतामा

कोलोराडोखबर संवाददाता , July 5th, 2026

नेपाल । गृहमन्त्री सुधन गुरुङले देशभरका प्रहरी कार्यालयका जीर्ण भवन तथा कमजोर भौतिक पूर्वाधारको सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।

नेपाल–भारत सीमा क्षेत्रको निरीक्षणका लागि शनिबार विराटनगर आइपुग्नुभएका गृहमन्त्री गुरुङले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बजेट अभावका कारण निर्माण कार्य अपेक्षित गतिमा अघि बढ्न नसके पनि आवश्यक स्रोत व्यवस्थापन गरी प्रहरी भवन निर्माणलाई तीव्रता दिइने बताउनुभयो ।

उहाँले प्रहरी संगठनको भौतिक पूर्वाधार सुदृढीकरण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै जीर्ण भवनको समस्या समाधानका लागि योजनाबद्ध रूपमा काम अघि बढाइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्