२० असार २०८३, शनिबार

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस

कोलोराडोखबर संवाददाता , July 4th, 2026

नेपाल । संवैधानिक परिषद्ले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तमा नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको परिषद् बैठकले प्रमुख आयुक्तमा सर्वोच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्की र आयुक्तमा डा. राजीव सुब्बा तथा गुरुप्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।

संसदीय सुनुवाइको प्रक्रिया पूरा भएपछि सिफारिस भएका पदाधिकारीको नियुक्ति हुने छ । सुब्बा नेपाल प्रहरीका अवकाशप्राप्त डिआइजी र वाग्लेले सरकारी वकिलको उपन्यायाधिवक्ताबाट अवकाश पाउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्