१२ असार २०८३, शुक्रबार

कक्षा १२ को परीक्षाफलमा त्रुटि भएको भन्दै विधार्थी संगठनहरुको आपत्ति

कोलोराडोखबर संवाददाता , June 26th, 2026

नेपाल । विभिन्न ११ विद्यार्थी संगठनले कक्षा १२ को परीक्षाफलमा देखिएको त्रुटि तथा केही समयअघि एसइईको नतिजामा व्याप्त कमजोरी भएको भन्दै आपत्ति जनाएका छन् ।

नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत ११ विद्यार्थी संगठनले छिटो नतिजा प्रकाशन गर्ने नाममा लापरबाही गरेको भन्दै आपत्ति जनाएका हुन् ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘गम्भीर त्रुटिले विद्यार्थीको मेहनत र जीवनमाथि खेलबाड गर्ने विषयलाई कुनै पनि अर्थमा सही मान्न सकिँदैन ।’

विद्यार्थीले काठमाडौंको माइतीघरमा थालेको आन्दोलन न्यायोचित र आवश्यक रहेको ठहर ऐक्यबद्धता व्यक्त गरेका छन् । त्रुटिको समाधान, पुनर् मूल्याङ्कनको वैज्ञानिक व्यवस्था र भविष्यमा यस्तो पुनरावृत्ति नहुने गरी सुधारका कदम चाल्न शिक्षा मन्त्रालयसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्