६ असार २०८३, शनिबार

कविता: त्यो कवि को होला ?

कोलोराडोखबर संवाददाता , June 20th, 2026

-आर. आर. चौलागाईं-
न तल न माथि
न अगाडि न पछाडि
न काँचो न पाकेको
न असल न खराब
न तीतो न गुलियो
न उज्यालो न अँध्यारो
न चर्चित न गुमनाम
त्यो कवि को होला ?

आधा तल आधा माथि
आधा अगाडि आधा पछाडि
आधा काँचो आधा पाकेको
आधा असल आधा खराब
आधा तीतो आधा गुलियो
आधा उज्यालो आधा अँध्यारो
आधा चर्चित आधा गुमनाम
त्यो कवि को होला ?

त्यो अप्ठेरो कवि को होला ?
त्यो अधकल्चो कवि को होला ?

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्