नेपाल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बयानका लागि बोलाएको छ।
उनलाई पासपोर्ट छपाइमा भएको अनियमितता प्रकरणमा बयान दिन अख्तियारले बोलाएको हो।
बूढानीलकण्ठस्थित देउवा निवासमा बयानका लागि म्याद तामेलीको सूचना टाँसेर ३ दिनभित्र आयोगको टंगालस्थित कार्यालयमा बयान दिन भनेको छ ।
अहिले देउवा दम्पती हङकङमा रहेका छन् । उक्त प्रकरणमा अख्तियारले राहदानी विभागका महानिर्देश तीर्थराज अर्यालसहतिका कर्मचारीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्