नेपाल । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरू आफ्नै कमजोरी र असफलताका कारण पतनको मार्गमा रहेको दाबी गरेका छन् । उनले अब देशमा नयाँ वैकल्पिक शक्तिहरूको उदय अनिवार्य भइसकेको बताए।
शनिबार काठमाडौँमा आयोजित नयाँ शक्ति स्थापना दिवसको अवसरमा बोल्दै डा. भट्टराईले अर्थशास्त्रको ‘रचनात्मक ध्वंस’ को नियम झैँ नयाँ पद्धतिको विकास र निर्माणका लागि पुराना शक्तिहरूको अन्त्य आवश्यक रहेको उल्लेख गरे।
भट्टराईले नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विज्ञान, प्रविधि र मध्यम वर्गको भावनालाई बुझेर अगाडि बढेकाले छोटो समयमै सफलता पाएको बताए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्