-लालगोपाल सुवेदी-
ओ बतास !
म तिमीलाई चिन्दछु
आउने जाने
आउने जाने
तिमी हौ खास
म तिमीलाई चिन्दछु
लिनु परे तिमी हौ श्वास
दिनु परे तिमी हौ प्रश्वास
म बिन्दास
कतै रंग बजार
कतै रूप बजार
हो नि , लिनु र दिनुमै त छ
जिन्दगीको रबाफ
म तिमीलाई चिन्दछु
तिमी हौ कफीको बाफ
क्याफे क्याफेमा म तिमीलाई किन्दछु
नुनजस्तै, सुनजस्तै, गुनजस्तै
ओ बतास म तिमीलाई किन्दछु
ए सुन सुन ! सुनको महिमा
तिमी मेरो काखीमै पनि
भइदिन सक्छौ मगमग वास
म तिमीलाई किन्दछु
आकाशको चन्द्रमा किन्दछु
आँखैले नभ्याउने पर परका तारा किन्दछु
ओ बतास ! म तिमीलाई चिन्दछु ।
-वरिष्ठ केन्द्रीय उपाध्यक्ष, अनेसास ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्