२९ जेष्ठ २०८३, शुक्रबार

पाकिस्तानमा हेलिकोप्टर दुर्घटना हुँदा कम्तीमा २२ जना सैनिकको मृत्यु

कोलोराडोखबर संवाददाता , June 12th, 2026

नेपाल । पाकिस्तान नियन्त्रित काश्मिरमा बिहीबार सैनिक हेलिकोप्टर दुर्घटना हुँदा कम्तीमा २२ जना सैनिकको मृत्यु भएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

पाकिस्तान नियन्त्रित कश्मीरको मुजफ्फराबाद जिल्लामा बुधबार भएको दुर्घटनामा एक कर्णेल र दुई मेजर तथा अन्य १९ जना सैन्यकर्मीको मृत्यु भएको स्रोतले जनाएको छ ।

यसअघि इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आइएसपिआर)ले जारी गरेको विज्ञप्तिमा हेलिकोप्टरको उडानका क्रममा प्राविधिक खराबीका कारण दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्