२३ जेष्ठ २०८३, शनिबार

नेपाल-भारत सीमा विवाद कूटनीतिक च्यानलमार्फत समाधान गरिने

कोलोराडोखबर संवाददाता , June 6th, 2026

नेपाल ।रास्वपाका सभापति रवि लामिछानेले नेपाल–भारत सीमा विवाद कूटनीतिक च्यानलमार्फत समाधान गरिने बताउनुभएको छ।

भारत भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले सीमा समस्या हल्ला गरेर वा ढोल बजाएर समाधान नहुने भन्दै यसलाई उपयुक्त समय र प्रक्रियाअनुसार अघि बढाइने बताउनुभयो ।

उहाँले उपयुक्त समयमा कूटनीतिक संवादमार्फत हल गर्ने कुरामा भारतसमेत तयार रहेको उल्लेख गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्