नेपाल । पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले पूर्वसभामुख महरालाई उक्त आदेश दिएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।
विद्युतीय चुरोट (भेप) भित्र राखेर सुन तस्करी प्रकरणमा सहयोगी बनेको आरोप महरामाथि छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सुन तस्करीमा सघाएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको थियो ।
उक्त प्रकरणमा भन्सारका कर्मचारी समेत मुछिएका छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्