नेपाल । साहित्यकार इल्या भट्टराईको साहित्यिक व्यक्तित्व तथा उनका नियात्राकृतिमाथि केन्द्रित रहेर विशेष परिचर्चा सम्पन्न भएको छ । भट्टराई कथा र नियात्रा लेखनमा सक्रिय छिन् ।
बिहीबार काठमाडौंको महाराजगंजमा नियात्रा समाज नेपालले आयोजना गरेको विशेष परिचर्चामा वक्ताहरू जय छाङ्छा, डा. ज्ञानु अधिकारी र चन्द्रप्रसाद भट्टराईले उनका नियात्राकृतिहरूमाथि आफ्ना धारणा राखे ।
कार्यक्रममा समाजका अध्यक्ष मोहन चापागाईं, नियात्राकारहरू पवन आलोक, गीता खत्री, विष्णु शर्मा पराजुली र भवानी खतिवडाले भट्टराईको कृतित्व र व्यक्तित्वबारे बोले ।
साहित्यकार इल्याका पाँच कथा तथा पाँच नियात्राकृति प्रकाशित छन् भने एक बालकथाकृति प्रकाशित छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्