नेपाल । पर्साको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पर्सा जिल्ला अदालतले उनलाई लिखत किर्ते गरेको अभियोगमा पक्राउ पुर्जी जारी गरेको हो।
महानगरप्रमुख सिंहलाई पक्राउ गर्न जेठ ८ गते नै अनुमति दिएको अदालतका तहसिलदार देवराज भट्टराईले जानकारी दिए। वीरगञ्जका स्थानीय लियाकत अलीको जाहेरी अनुसार लिखतसम्बन्धी कसुरमा पक्राउ गर्न अदालतले अनुमति दिएको उनले बताए।
उनीविरुद्ध नागरिकतासम्बन्धी लिखत कसुरमा पक्राउ गर्न अदालतले अनुमति दिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्